दुर्गा प्रसाईंलाई क्यान्सर अस्पतालबाट केएमसी सारियो
आफूलाई व्यवस्था विरोधी अभियन्ताको रुपमा प्रचार गर्दै आएका मेडिकल व्यावसायी दुर्गा प्रसाईंलाई काठमाडौँ मेडिकल कलेज (केएमसी)अस्पताल पुर्याइएको छ ।
प्रधानमन्त्रीविरुद्ध सामाजिक सञ्जालमा भ्रम फैलाएको आरोपमा पक्राउ परेका उनलाई प्रहरी नियन्त्रणको क्रमामा यसअघि ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा भर्ना गरिएको थियो । तर, आज अपरान्ह त्यहाँबाट रिफर गरेपछि केएमसी अस्पताल लगिएको हो ।
प्रसाईंलाई उक्त अस्पतालको चौथो तलमा रहेको सी २७ क्याबिनमा राखेर उपचार थालिएको अस्पताल स्रोतले बताएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकम कम्पनीमा ३२ अर्ब लगानी गरेको दाबीसहित ‘नक्कली प्रमाण’ सार्वजनिक गरेपछि मङ्सिर ४ गते प्रसाईं पक्राउ परेका हुन् । पटक–पटक अदालतबाट म्याद थप गर्दै प्रहरीले उनलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।
तर, क्यान्सर पीडित उनी हिरासतमा रहेकै बेला बिरामी परेपछि अस्पताल भर्ना गरिएको हो ।
टिप्पणीहरू