आन्तरिक पर्यटन बढाउन मधेशमा आइतबार बिदा

आन्तरिक पर्यटन बढाउन मधेशमा आइतबार बिदा

मधेश प्रदेश सरकारले आगामी आइतबार सार्वजनिक बिदा दिएको छ । गढीमाई मेलाको अवसरमा मंसिर २३ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय गरिएको प्रदेश सरकारले जनाएको छ । 

प्रदेशको धरोहरको रूपमा स्थापित गढीमाई मेलामार्फत् घरेलु पर्यटन विकासलाई थप बलियो बनाउने गरी बिदा दिएको जनाइएको छ । 

प्रदेशको गृह, सञ्चार तथा कानून मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ, ‘बाराको महागढीमाई नगरपालिकास्थित बरियारपुरमा प्रत्येक पाँच वर्षमा एक महिनासम्म लाग्ने प्रसिद्ध गढीमाई मेलाको अवसरमा मिति २०८१–०८–२३ गतेदेखि गढीमाई देवी मन्दिरमा विशेष पूजा हुने भएकोले मधेश प्रदेश सरकार, मन्त्रिपरिषद्को मिति २०८१–०८–१८ गतेको निर्णयानुसार २०८१ मंसिर २३ गते आइतबारका दिन प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी गराइन्छ ।’

टिप्पणीहरू