आन्तरिक किचलोले एमाले अधिवेशन अनिश्चित
सत्तारुढ नेकपा एमालेभित्रको सदस्यता वितरण र आन्तरिक विवादले केही जिल्ला अधिवेशन अनिश्चित बनेको छ ।
एमालेले ७० जिल्लाको अधिवेशन सम्पन्न गरिसकेको छ । बाँकी सात जिल्लाको अधिवेशन विवादका कारण रोकिएको पार्टी निर्वाचन आयोगका अध्यक्ष डा.विजय सुब्बाले जानकारी दिए ।
यही मंसिरभित्रै अधिवेशन गर्न केन्द्रले निर्देशन दिएकोमा बझाङबाहेक अन्य जिल्लामा अहिलेसम्म सुरसार छैन । मोरङ, सिरहा, सप्तरी, धनुषा, अछाम र डोटीमा सदस्यता वितरणमै विवाद भएपछि अधिवेशन हुन नसकेको सुब्बाले बताए ।
एमालेले गत जेठ मसान्तभित्रै ७७ वटै जिल्ला अधिवेशन सम्पन्न गर्ने जनाएको थियो ।
टिप्पणीहरू