काठमाडौं ७ मा घण्टी निकै अगाडि

काठमाडौं ७ मा घण्टी निकै अगाडि

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ को समानुपातिकतर्फ ७०९ मत गणना भइसकेको छ । त्यसमध्ये घण्टी चिन्ह सबैभन्दा अगाडि छ ।

प्राप्त पछिल्लो परिणामअनुसार घण्टी २२२, सूर्य ८४, हलो ७८, कलम ७१, रुख ५३ र छाताले प्राप्त गरेको मत संख्या २५ रहेको छ ।

त्यसैगरी प्रदेश सभा (क) मा प्रत्यक्षतर्फ ८१३ मत गणना हुँदा कलममा २८६, सूर्यमा १५१, लौरोमा ११० र छातामा २९ मत परेको बताइएको छ ।

टिप्पणीहरू