काठमाडौं-९ मा कृष्णगोपाललाई घण्टीको टक्कर

काठमाडौं-९ मा कृष्णगोपाललाई घण्टीको टक्कर

काठमाडौँ क्षेत्र नम्बर ९ मा प्रतिनिधि सभा सदस्यको मतगणनाको प्रारम्भिक नतिजामा एमाले उम्मेदवारलाई घण्टी चिन्ह लिएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले टक्कर दिएका छन् । 
पछिल्लो परिणामअनुसार श्रेष्ठले ५६४ मत ल्याउँदा घण्टी चिन्ह लिएका टेकबहादुर पोखरेलले ५६१ मत पाएका छन् । 

 
नेकपा माओवादी केन्द्रकी कल्पना धमलाले ३४५, नेपाल मजदुर किसान पार्टीका सुमन महर्जनले २६० र राष्ट्रिय प्रजातन्त्र पाटीका देवेन्द्र प्रधानले २१५ मत प्राप्त गरेको बताइन्छ । यस्तै पैतालाले १२० र लौरोले २३ मत प्राप्त गरेका छन् । 

दुई हजार दुई सय ८६ मत गणना हुँदा ९६ मत बदर भएको छ ।

टिप्पणीहरू