काठमाडौं-३ मा सूर्य र रुखबीच तीव्र प्रतिस्पर्धा

काठमाडौं-३ मा सूर्य र रुखबीच तीव्र प्रतिस्पर्धा

काठमाडौं निर्वाचन क्षेत्र नम्बर-३ मा एमाले उम्मेदवारले झिनो मतान्तरको अग्रता लिएका छन् । उनलाई पछ्याउँदै काँग्रेस उम्मेदवार अघि बढेका छन् ।  गोकर्णेश्वरको नारायणटारस्थित चामुण्डा माविमा भइरहेको मतगणनामा हालसम्म ३४ सय २४  सकिएको छ । त्यसमध्ये १५३ मत बदर भएको जनाइएको छ ।

सदरमध्ये एमालेका कृष्णबहादुर राईले १ हजार ७५, काँग्रेसका सन्तोष चालिसेले १०५८ र घण्टी चिन्ह लिएका दुर्गाविक्रम थापाले ६४७ मत प्राप्त गरेको जानकारी दिइएको छ । त्यसमा राप्रपाका गणेश गिरीले २५२ मत ल्याएको बताइन्छ ।  

सो क्षेत्रमा लौरोले १०४, माओवादीको हँसिया हथौडाले ५१ र स्वतन्त्र उम्मेदवार निरञ्जन पुडासैनीले पुतली चिन्हमा ३३ मत प्राप्त गरेका हुन् ।
 

टिप्पणीहरू