मत गन्न थालेपछि उम्मेदवारी खारेजीको माग

मत गन्न थालेपछि उम्मेदवारी खारेजीको माग

सिरहामा नेपाली काँग्रेस र जनता समाजवादी पार्टीका उम्मेदवारको उम्मेदवारी खारेजीको माग गर्दै निवेदन परेको छ । सिरहा क्षेत्र नम्बर २ बाट उठेका रेडियो नेपालका पूर्व कार्यकारी निर्देशक एवं अधिवक्ता सुरेशकुमार कार्कीले काँग्रेसका चित्रलेखा यादव र जनता समाजवादी पार्टीका राजकिशोर यादवको उम्मेदवारी खारेजीको माग गरेका हुन् ।

कार्कीले सोसम्बन्धी निवेदन निर्वाचन आयोगमा आज दर्ता गराएका छन् । दुवै यादव उम्मेदवारले चुनावमा रकम बाँडेको र भोज खुवाएको आरोप लगाउँदै उनले उनीहरुको उम्मेदवारी खारेजीको माग गरेको बताएका छन् ।

चित्रलेखा र राजकिशोरले गत कात्तिक २५ गतेदेखि हिजो मतदानको दिनसम्म मतदाताको घरमा गएर रकम बाँडेको आरोप कार्कीको छ । उनले निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३,दफा २० को उपदफा (१) बमोजिम कारबाही माग गर्दै दुवैको उम्मेदवारी खारेजीको माग गरेका हुन् । कार्की सो क्षेत्रबाट स्वतन्त्र उम्मेदवार छन् ।

टिप्पणीहरू