ललितपुर १ मा काँग्रेस पछाडि, एमालेको अग्रता कायमै

ललितपुर १ मा काँग्रेस पछाडि, एमालेको अग्रता कायमै

ललितपुर १ मा हालसम्म ५ हजार ५९७ मत गनिएको छ । गनिएको मतमध्ये एमालेका नवराज सिलवालले २९ सय ४३ र नेपाली काँग्रेसका उदय समशेर राणाले १६ सय ८० मत प्राप्त गरेका छन् ।

घण्टी चिन्हका उम्मेदवार डा.सचिन घिमिरेले ४४६ र हलो चिन्हमा २०९ मत परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । हालसम्म उक्त क्षेत्रमा २४२ मत बदर भएको छ । 

उक्त मत गोदावरी नगरपालिकाको वडा नम्बर २ र ३ को हो ।

टिप्पणीहरू