काठमाडौं ४ मा गगन र राजनबीचको अन्तर बढ्दै

काठमाडौं ४ मा गगन र राजनबीचको अन्तर बढ्दै

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ मा शुरुदेखि अग्रता कायम गरेका नेपाली काँग्रेसका गगन थापाले अहिले उक्त अन्तरलाई हल्का बढाएका छन् । थापाले ३४ सय ९० मत पाउँदा एमालेका राजन भट्टराईले २७ सय २० मत ल्याएका छन् ।

त्यसैगरी राप्रपाका उम्मेदवार ठाकुरमोहन श्रेष्ठले ४१९, स्वतन्त्र उम्मेदवार अर्जुनकुमार प्रसाईंले २९८, लौरोले १९७ मत पाएको बताइन्छ । हालसम्म उक्त क्षेत्रमा २१७ मत बदर भएको छ ।

टिप्पणीहरू