काठमाडौं ४ मा गगनले लिए फराकिलो अग्रता

काठमाडौं ४ मा गगनले लिए फराकिलो अग्रता

काठमाडौंको निर्वाचन क्षेत्र नम्बर ४ मा काँग्रेस उम्मेदवार गगन थापाले फराकिलो अग्रता कायम गरेका छन् । उनले ४७ सय २७ मत प्राप्त गर्दा एमालेका राजन भट्टराईले ३४ सय ९६ मत ल्याएका छन् ।सोही क्षेत्रमा राप्रपाका ठाकुरमोहन श्रेष्ठले ६१०, स्वतन्त्र उम्मेदवार अर्जुन प्रसाईंले ४८७ र लौरो चुनाव चिन्हले २४४ मत प्राप्त गरेका छन् । 

निर्वाचन अधिकृतको कार्यालयका अनुसार सो क्षेत्रमा हालसम्म २९९ मत बदर भएको छ ।

टिप्पणीहरू