एमालेका वरिष्ठ नेताहरुलाई पछि पारे अन्य पार्टीले

एमालेका वरिष्ठ नेताहरुलाई पछि पारे अन्य पार्टीले

मुलुकभर धमाधम मतगणना भइरहेको छ । प्रारम्भिक नतिजा सार्वजनिक भइरहँदा नेकपा एमालेका पाँच वरिष्ठ नेता भने पछाडि देखिएका छन् ।  वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल,उपाध्यक्ष सुवास नेम्वाङ,महासचिव शंकर पोखरेल,सचिव सुरेन्द्र पाण्डे र पोलिट ब्यूरो सदस्य महेश बस्नेत पछाडि परेका हुन् । 

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार पोखरेल नेपाली कांग्रेसका प्रदीप पौडेलभन्दा झिनो मतान्तरले पछाडि छन् ।  त्यस्तै,दाङ्ग क्षेत्र नम्बर २ मा महासचिव पोखरेललाई नेकपा माओवादी केन्द्रकी नेतृ रेखा शर्माले उछिनेकी छन् । 

चितवन निर्वाचन क्षेत्र नम्बर १ मा कांग्रेसका विश्व पौडेलले अग्रता लिएका छन् । सचिव पाण्डेले पौडेललाई पछ्याइरहेका छन् ।  त्यस्तै,उपाध्यक्ष बिष्णु  पौडेललाई रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलले उछिनेका छन् । 

इलाम निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका उपाध्यक्ष नेम्वाङ पनि कांग्रेसका डम्बर खड्काभन्दा पछाडि छन् ।  झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेका एमाले अध्यक्ष केपी शर्मा ओलीको मतपरिणाम सार्वजनिक भइसकेको छैन । 

गोकर्ण बिष्ट,योगेश भट्टराई,पद्मा अर्यालको निर्वाचन क्षेत्रमा मतगणना नै शुरु हुन सकेको छैन । त्यसो त यो एकदम शुरुआती चरण मात्रै हो,कुन वडा या पालिकाबाट मत गन्न थालियो भन्ने कुराले पनि अन्तिम परिणाममा फरक पार्ने हुन्छ ।

टिप्पणीहरू