प्रधानमन्त्रीको क्षेत्रमा सागर ढकाललाई दोस्रो स्थान

प्रधानमन्त्रीको क्षेत्रमा  सागर ढकाललाई दोस्रो स्थान

प्रतिनिधिसभातर्फ डडेल्धुरामा नेपाली काँग्रेस बिपीका उम्मेदवारलाई पछाडि पार्दै स्वतन्त्र उम्मेदवार सागर ढकाल दोस्रो बढी मत पाउने उम्मेदवार बनेका छन् ।

हालसम्म गणना भएको १७०१ मतमध्ये काँग्रेस उम्मेदवार रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा (नेपाली काँग्रेस) - ७८५ मतसहित अग्रता कायम गर्नुभएको छ । उहाँलाई स्वतन्त्र उम्मेदवार सागर ढकाल (स्वतन्त्र)– ३९१ मतले पछ्याइरहेका छन् । 

एक हजार मत गणना हुँदा ढकालले दुई सय ४१ मत पाएका छन् । एमालेको समर्थनप्राप्त नेपाली काँग्रेस बिपीका उम्मेदवार कर्णबहादुर मल्लले कर्णबहादुर मल्ल नेपाली कांग्रेस (वीपी)– ३५३ प्राप्त गरेका छन् भने १२२ मत बदर भएकाे छ ।

टिप्पणीहरू