अछामबाट एमाले र भीम रावलको मत समाजवादीलाई

अछामबाट एमाले र भीम रावलको मत समाजवादीलाई

अछाममा माओवादीबाट एमाले प्रवेश गरेका झपट बोहोराको वास्तविक अवस्था मत गणनापछि देखिने बताइएको छ । एमाले नेता भीम रावलको ठाउँमा अध्यक्ष केपी शर्मा ओलीले बोहोरालाई अघि सारेपछि स्थानीय एमालेजनले तीव्र विरोध जनाएका थिए । सोही विरोध हिजो मतदानको क्रममा देखिएको छ ।

‘झपट रावलले जित्दैनन्, शेरबहादुरको सम्भावना अत्यधिक छ । किनभने उनलाई भीम रावलको पनि समर्थन छ,’ स्थानीय एमाले मतदाताले बताए । आफूहरुले बाध्य भएर शेरबहादुर कुँवरको पक्षमा मतदान गरेको उनीहरुको भनाइ छ ।

५९४ मतदाता भएको एउटा बुथको उदाहरण दिँदै एमाले कार्यकर्ता तथा स्थानीय ती मतदाताले भने,‘पहिले पहिले यहाँबाट चार सय मत एमालेलाई जान्थ्यो । तर हिजो थाहा पाउनेगरी शेरबहादुरलाई चार  सय ५० मत गएको छ ।’ उनका अनुसार अछाम निर्वाचन क्षेत्र नम्बर २ मा काँग्रेसका पुष्प शाहले जित्ने सम्भावना बढेको छ ।

समग्र सुदूर पश्चिम प्रदेशको राजनीतिक विश्लेषण गर्दै अछामबाट  एकीकृत समाजवादी नेपालका कार्यकर्ताले भने, ‘कैलाली २ बाट उठेका झपट रावलले एक सीट जित्न सक्ने सम्भावना छ । बाजुरामा कर्ण थापाले चुनाव हार्ने भएपछि हिजो गोली प्रहारसम्मको घटना गराए । लेखराज भट्ट पनि हार्ने खतरा छ ।’

अछामबाट पनि समानुपातिक मतदानमा घण्टीमा अलिअलि मत गएको मतदानमा खटिएका कर्मचारीहरुको अनुमान छ ।  

यसैबीच अध्यक्ष ओलीले चुनावअघि सुदूर पश्चिममा गर्नुभएको भाषणलाई स्थानीयले प्युठानका भेलु बाजेसँग जोडेर विश्लेषण गरेका छन् । सूर्य थापाले दुई हजार रुपैयाँ दिएर चुनावी प्रचार गराएको भनिएका भेल्लु बाजेको चर्तिकलासँग अध्यक्षलाई सुदूर पश्चिमको  अवस्थासँग दाँजिएको हो ।

समानुपातिकतर्फ एमालेको कतिपय मत घण्टीमा परिवर्तन भएको अनुमान छ । समग्रमा भीम रावललाई टिकट नदिएपछि रिसले आगो भएका अछामका एमालेजनले श्रममन्त्री शेरबहादुरलाई मत हालेको सुनिएको छ ।

टिप्पणीहरू