धादिङ–२ मा गठबन्धन अगाडि,८ सय गन्दा ३७ मतको फरक

धादिङ–२ मा गठबन्धन अगाडि,८ सय गन्दा ३७ मतको फरक

धादिङ क्षेत्र नम्बर २ मा ८ सय मत गणना हुँदा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका जिल्ला सभापति रामनाथ अधिकारीले ३ सय ५६ र एमाले नेता एवं पूर्व सांसद खेमप्रसाद लोहनीले ३ सय १९ मत पाएका छन् । 

खनियाबास,गंगाजमुना र रुविभ्यालीको मत मिसाएर गणना भैरहेको छ । 

धादिङ क्षेत्र नं. २ मा प्रदेशसभातर्फ सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका गोविन्द लम्साल र नेकपा एमालेबाट डा.रामकुमार अधिकारीबीच प्रतिष्पर्धा छ । त्यस्तै प्रदेशसभा २ मा सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका नेता एवं पूर्व सांसद जगतबहादुर सिंखडा र राप्रपाका डम्बर तामाङबीच भिडेका छन् । 

धादिङ २ मा एमाले र राप्रपाबीच तालमेल छ । प्रतिनिधिसभा र प्रदेशसभा १ मा राप्रपाले एमालेलाई सघाएको छ भने प्रदेश २ मा एमालेको राप्रपालाई सहयोग छ ।
 

टिप्पणीहरू