काँग्रेसले बुथ कब्जा गरेको एमाले सचिवको आरोप

काँग्रेसले बुथ कब्जा गरेको एमाले सचिवको आरोप

स्याङ्जाको निर्वाचन क्षेत्र नम्बर २ का चार वटा बुथमा नेपाली काँग्रेसले धाँधली र बुथ कव्जा गरेको नेकपा एमालेले आरोप लगाएको छ । चापाकोट नगरपालिकाको वडा नम्बर ३, ४ र ५ को दिसिङकोट,राममन्दिर, दिनदलाय चिठ्ठी पोखरी बुथमा धाँधली भएको दाबीसहित पुनः मतदानको माग गरिएको छ ।

एमाले सचिव तथा क्षेत्र नम्बर २ की उम्मेदवार पद्माकुमारी अर्यालले ती बुथमा पुनः मतदानको माग गरेकी छन् । अर्यालका अनुसार निर्वाचन अधिकृत रामचन्द्र शर्माले धाँधली गरेका हुन् । तर निर्वाचन अधिकृतले चापाकोटबाट उजुरी आएको बताउँदै निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको उल्लेख गरे । आज बसेको सर्वदलीय बैठकमा कुनै सहमति नभएपछि मतगणनाबारे अन्योल थपिएको छ ।

टिप्पणीहरू