सेनाको हेलिकप्टरमा समस्या,प्रचण्डको निर्वाचन क्षेत्रमा ढिलाइ

सेनाको हेलिकप्टरमा समस्या,प्रचण्डको निर्वाचन क्षेत्रमा ढिलाइ

गोरखा निर्वाचन क्षेत्र नम्बर २ को मतगणना शुरु हुनै लागेको छ । 

विकट चुमनुब्री गाउँपालिकाको मत पेटिका ल्याउन ढिलो भएकाले मतगणना पनि पछि सरेको निर्वाचन अधिकृत नारदप्रसाद भट्टराईले बताए । नेपाली सेनाका दुई वटा हेलिकप्टरमा त्यहाँका मतपेटिका ल्याएपछि मतगणनाको तयारी थालिएको हो ।

नेपाली सेनाको एनए ०५६ कल साइन भएको हेलिकप्टरमा समस्या आएकोले सेनाकै अन्य साना दुई वटा हेलिकप्टरबाट मत पेटिका ल्याइएको छ ।

टिप्पणीहरू