प्रधानमन्त्रीलाई पछ्याउँदै सागर ढकाल,७ प्रतिशत मत बदर

प्रधानमन्त्रीलाई पछ्याउँदै सागर ढकाल,७ प्रतिशत मत बदर

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका उम्मेदवार शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा सिरिञ्ज चिन्ह लिएर उठेका सागर ढकालले उहाँलाई पछ्याएका छन् । प्रधानमन्त्री देउवाको १७३६ मत आउँदा ढकालले ९४३ मत पाएका छन् ।

नेपाली काँग्रेस बिपीका कर्ण मल्लले ६२३ र राप्रपाले ४२ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ३६ सय ७३ मत गणना हुँदा डडेल्धुरामा २५३ मत बदर भएको छ ।

बदर मतको प्रतिशत ६ दशमलव ८८ रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

टिप्पणीहरू