एमालेका कृष्णगोपाल र घण्टीका उम्मेदवारबीच झिनो अन्तर कायमै

एमालेका कृष्णगोपाल र घण्टीका उम्मेदवारबीच झिनो अन्तर कायमै

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ९ का एमाले उम्मेदवार कृष्णगोपाल श्रेष्ठले ३९ सय ३६ मत प्राप्त गरेका छन् । पछिल्लो परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले ३६ सय ५१ मत ल्याएका छन् । 

सोही क्षेत्रमा माओवादी केन्द्रकी कल्पना धमलाले २ हजार ४८ र राप्रपाका देवेन्द्र प्रधानले १५ सय ९२ मत प्राप्त गरेको बताइन्छ । त्यसैगरी लौरो चिन्हले ५५० मत, जसपाले ३६८ र साझा पार्टी नेपालका मिलन पाण्डेको चुनाव चिन्ह पाइलामा ७०५ मत परेको छ । 

नेमकिपाका उम्मेदवारले ५५० र माछा चिन्ह लिएका डा. ज्ञानबहादुर बस्नेतले १२२ मत पाएका छन् । उक्त क्षेत्रमा हालसम्म ६७४ मत बदर भएको छ ।

टिप्पणीहरू