सल्यानमा प्रकाश ज्वालाको फराकिलो अग्रता

सल्यानमा प्रकाश ज्वालाको फराकिलो अग्रता

सल्यानमा भइरहेको मतगणनाको पछिल्लो परिणाम प्राप्त भएको छ । रीम र दार्माको ३ तथा ५ वडाको मतगणना भइरहँदा नेकपा एकीकृत समाजवादीका उम्मेदवार प्रकाश ज्वाला निकै अगाडि देखिएका हुन् । 

हालसम्म गनिएको १८ हजार ३६२ मतमध्ये ज्वालाले ८ हजार ९०७ प्राप्त गरेका छन् । उनलाई स्वतन्त्र उम्मेदवार राजेन्द्रबहादुर शाहले ४ हजार १६७ मतका साथ पछ्याइरहेका छन् । 

एमालेका राजेन्द्रवीर रायले २ हजार ४१८ मत प्राप्त गरेको जानकारी दिइएको छ ।

टिप्पणीहरू