एमाले र राप्रपा अध्यक्ष सुरक्षित,उपाध्यक्षहरु खतरामा

एमाले र राप्रपा अध्यक्ष सुरक्षित,उपाध्यक्षहरु खतरामा

अस्ति सम्पन्न मतदानको नतिजा आउने क्रम जारी छ । नेपाली काँग्रेस प्रतिनिधि सभामा तीन ठाउँबाट विजयी भई एमालेभन्दा दोब्बर स्थानमा अग्रता कायम गरिरहेको छ ।

प्रारम्भिक नतिजाअनुसार एमालेले प्रदेश सभा र समानुपातिक मतमा पनि काँग्रेसलाई उछिन्ने अवस्था कमजोर देखिँदैछ । सत्ता गठबन्धनमा सबैभन्दा राम्रो नेपाली काँग्रेसलाई भएको छ । अधिकांश ठाउँमा उसका मतदाताले सत्ता गठबन्धनका अन्य घटकलाई मतदान नगरी घण्टीमा खन्याएको पाइएको छ । 

प्रारम्भिक परिणामले एमालेका वरिष्ठ सबै नेता ‘डेञ्जर जोन’ मा पुगेको देखाएको छ । अध्यक्ष केपी शर्मा ओलीसमेत राप्रपासँग बेलैमा तालमेल गरेकै कारण सुरक्षित देखिनुभएको छ । अन्य नेताहरुको अवस्था खस्केको प्रस्टै छ ।

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल काठमाडौं ५ मा काँग्रेस उम्मेदवार प्रदीप पौडेलको तुलनामा पछाडि हुनुहुन्छ । चितवन १ मा अर्का उपाध्यक्ष सुरेन्द्र पाण्डेले प्राप्त गर्नुभएको मतको अवस्था निकै खराब छ ।
यता भक्तपुरमा एमाले अध्यक्ष ओलीका प्रियपात्र तथा पोलिटब्युरो सदस्य महेश बस्नेत र काठमाडौं ४ मा राजन भट्टराईले पनि प्रतिस्पर्धीलाई हालसम्म उछिन्न सकेको देखिएन । यी दुई पार्टीको युवा तथा बिदेश बिभाग प्रमुख हुन् ।

उता दाङ्ग -२ मा महासचिव शंकर पोखरेल र काभ्रेपलाञ्चोक-२ मा गोकुल बाँस्कोटाले प्राप्त गरेको मतले पनि त्यस्तै संकेत गरेको छ ।

टिप्पणीहरू