काभ्रे–२ मा गोकुल बाँस्कोटा १२ सय मतले पछाडि

काभ्रे–२ मा गोकुल बाँस्कोटा १२ सय मतले पछाडि

काभ्रेपलाञ्चोक जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार शिवप्रसाद हुमागाईंले आफ्नो अग्रतालाई कायम राखेका छन् । हुमागाईंले १२ सय ६२ मतको अग्रता लिएका छन् ।

०७४ मा गोकुलबाट पराजित नेपाली काँग्रेसका हुमागाईंले ४१ सय १५ मत प्राप्त गरेका छन् । फेरि पनि उनैका प्रतिस्पर्धी एमालेका गोकुल बाँस्कोटाले २८ सय ५३ मत प्राप्त गरेको बुझिएको छ । 

घण्टी चिन्हका उम्मेदवारले भने ५४९ प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

टिप्पणीहरू