प्रदेशतर्फ एमालेका रामेश्वर फुयाँल पनि पछाडि

प्रदेशतर्फ एमालेका रामेश्वर फुयाँल पनि पछाडि

एमाले काठमाडौंका पुराना नेता,संविधानसभा सदस्य तथा पूर्व प्रदेशमन्त्री रामेश्वर फुयाँल पनि मतगणनामा पछाडि परेका छन् । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ (ख) बाट उम्मेदवार रहेका फुयाँललाई नेपाली काँग्रेसका उम्मेदवारले झण्डै ५ सय मतले पछाडि धकेलेका हुन् ।

पछिल्लो मतपरिणामअनुसार काँग्रेसका विमल ठकुरीले १५ सय १५ मत ल्याउँदा एमालेका फुयाँलले १ हजार २५ मत प्राप्त गरेका छन् । माओवादीका महेश्वर फुयाँलले १९३,राप्रपाका कमल सुनुवारले ४५२ मत पाएका छन् ।

टिप्पणीहरू