मतपेटिका संकलन गर्नै ४० घण्टा

मतपेटिका संकलन गर्नै ४० घण्टा

-कमल भट्टराई

ताप्लेजुङमा शनिवार सम्पन्न मतदानको बक्सा संकलन कार्य आज बिहान ८ बजे बल्ल सकिएको छ । सबै मतपेटिका संकलन गर्न थप ४० घण्टा लागेको थियो । 

हिमाली क्षेत्र ओलाङ्चुङगोला, याङ्मा,घुन्सा र ग्याब्ला मतदान केन्द्रका मतपेटिका आउन समय लागेको हो । 

यसैबीच आठराई त्रिवेणी गाउँपालिका २ दुर्गा मा.वि. फूलबारी मतदान केन्द्रमा भएको वादविवाद र झडपको स्थितिमा हवाई फायर गर्नु परेको विषयलाई लिएर नेपाली काँग्रेसको तरुण दलले आपत्ति जनाएको छ । उसले दोषीमाथि कारवाहीको माग गरेको छ । 

अर्कोतर्फ मेरिङ्देन गाउँपालिका ४ लिङतेप मतदान केन्द्रमा भएको मतदानलाई समेत विवादमा तानिएको निर्वाचनमा संलग्न कर्मचारीले बताएका छन् । मतदानमा अनियमितता भएको भन्ने हल्लालाई दलहरुले विवादित बनाएमा मतगणनामा थप ढिलाई हुने निश्चित छ ।

टिप्पणीहरू