१ सय भोटले रविन्द्र मिश्र हारेपछि अनेक थरी टिप्पणी

१ सय भोटले रविन्द्र मिश्र हारेपछि अनेक थरी टिप्पणी

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंह प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट फेरि विजयी भएका छन् । सिहंले दोहोर्याएर निकटतम प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका रविन्द्र मिश्रलाई १२५ मतले हराएका हुन् । 

सिंहले ७ हजार १४३ मत पाउँदा मिश्रले ७ हजार १८ मतमा चित्त बुझाएका छन् । सिंहले २०७४ मा पनि मिश्रलाई ८१८ मतान्तरले हराएका थिए । मिश्र त्यसबेला विवेकशील साझाका उम्मेदवार थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले ४ हजार ११५, एमालेका किरण पौडेलले ३ हजार ५३२ मत र सुशासन पार्टीका रमेश खरेलले ३ हजार १२४ मत पाएका छन् ।  

२०७४ मा पाएको भोट किन जोगाउन सकिँन भन्नु छैन, पुकार बमलाई दोष दिएर बस्या छन् ।

मिश्रको पराजय पुकार बम र रमेश खरेलको कारण भएको भन्ने टिप्पणीलाई सामाजिक सञ्जालमा यसरी जनाइएको छ, ‘मिश्रसँग बम र खरेलको न राजनीतिक विचार मिल्छ,न कार्यशैली । त्यसमाथि उनीहरु दुवै सशक्त दाबेदार हुन् भन्ने भोटले नै प्रमाणित गरिसक्यो ।’

रविन पौडेलले भनेका छन्, ‘पुकार बमले उम्मेदवारी दिएर चुनावी अभियान चलाइसक्दा अस्थिरताका पर्याय रविन्द्र मिश्र नयाँ पार्टी खोज्दै थिए ।’

रविन्द्र मिश्र आफ्नै एजेण्डाको कारण हारेको सौरभ अधिकारीले बताएका छन् । उनले यसअघिको निर्वाचनमा पाएको भोट किन जोगाउन सकेनन् ? भन्दै लेखेका छन्, ‘२०७४ मा पाएको भोट किन जोगाउन सकिँन भन्नु छैन, पुकार बमलाई दोष दिएर बस्या छन् ।’

टिप्पणीहरू