धाँधलीको आरोप लगाउँदै एमाले बिजय उन्मुख
-अञ्जनकुमार
१७ हजार ९ सय २८ मतगणना भैसक्दा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले ९ हजार १ सय ९ मत प्राप्त गरेका छन् भने,सत्ता गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ ७ हजार २०० मत मै सिमित छन् । दूधपोखरी,मध्यनेपाल, क्व्होलासोथर र दोर्दीको मतगणना हुँदै गर्दा एमालेका गुरुङ माओवादीका गुरुङभन्दा १ हजार ९०९ मतले अघि देखिएका छन् । बिशेष चासोसहित हेरिएको लमजुङको प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार धर्मराज केसीले ७ सय ७१ मत पाएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका बालचन्द्र श्रेष्ठले १ सय ३१ मत प्राप्त गरेका छन् । जनता समाजवादी पार्टीका नरेन्द्रबहादुर गुरुङले २६ मत ल्याएका छन् । आफ्नो उम्मेदवारी फिर्ता लिएको नेपाली काँग्रेस बीपीका उम्मेदवार लक्ष्मीकान्त पौडेलले ६ मत ल्याएका छन् । नेपाल मजदुर किसान पार्टीका राजेन्द्रप्रसाद प्रजापति र राप्रपा नेपालका टकबहादुर गुरुङले चार चार मत प्राप्त गरेका छन् । बिहान ३ बजेदेखि स्थगित मतगणना ८ बजे देखि शुरु गरिएको छ ।
टिप्पणीहरू