एमाले महासचिव शंकर पोखरेल र कोमल वली ‘डेञ्जर जोन’ मा

एमाले महासचिव शंकर पोखरेल र कोमल वली ‘डेञ्जर जोन’ मा

पछिल्लो मतगणना परिणामले दाङ्गको निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका एमाले महासचिव शंकर पोखरेलको स्थिति खस्केको संकेत गरेको छ । मतपरिणामको पछिल्लो नतिजाअनुसार पोखरेलको ५२ सय १० मत आएको छ । 

सोही क्षेत्रमा गठबन्धनको तर्फबाट उम्मेदवार रहेकी माआवादी केन्द्रकी रेखा शर्माले १३ सय मतले अग्रता लिँदै ६५ सय १० पुर्याएकी छन् । यद्यपि यो माओवादी बहुल क्षेत्र हो,एमालेको प्रभाव क्षेत्रका मत गन्न बाँकी नै छ ।

दाङ्गकै निर्वाचन क्षेत्र नम्बर १ मा भएको मतगणनामा शहरी विकास मन्त्री मेटमणी चौधरीको २६ सय र शान्ता चौधरीको १३ सय प्राप्त भएको छ । नेकपा एकीकृत समाजवादीका उम्मेदवार मेटमणिले एमालेकी शान्तालाई १३ सय मतले पछाडि पारेका छन् । 

निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली काँग्रेसका दीपक गिरीको ३ हजार २५ भोट आएको छ । उनी एमालेकी कोमल वलीभन्दा चार सय मतले अगाडि छन् । यी सबै मत परिणामका प्रारम्भिक संकेतले दाङमा एमालेका तीनै जना उम्मेदवारलाई खतराको संकेत गरेको हो ।

टिप्पणीहरू