अछामबाट पहिलो खाता खोल्दै एकीकृत समाजवादी,८ क्षेत्रमा जीत पक्कापक्की

अछामबाट पहिलो खाता खोल्दै एकीकृत समाजवादी,८ क्षेत्रमा जीत पक्कापक्की

नेकपा एकीकृत समाजवादी पार्टीले आफ्नो पहिलो खाता अछामबाट खोल्ने भएको छ । 

अछाम निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार शेरबहादुर कुँवर अन्य दलका उम्मेदवारभन्दा आधा मतान्तरले अगाडि छन् । 

हालसम्मको मतपरिणामअनुसार कलम चुनाव चिन्ह लिएर उठेका श्रम मन्त्री कुँवरले आठ हजार ३१ मत प्राप्त गरेका छन् । 

त्यस्तै, नेकपा एमालेतर्फका उम्मेदवार झपट बोहोराले चार हजार ८१५ मतसहित उनलाई पछ्याइरहेका छन् ।

पुतली चुनाव चिन्ह भएका राजन कुँवर तेस्रो स्थानमा छन् । उनले ९४२ मत प्राप्त गरेका छन् । महेन्द्र बोगटीले ६६ मत पाएका छन् । उनको चुनाव चिन्ह सूर्यमुखी फूल हो । 

त्यस्तै, लौरोका उम्मेदवार तेजप्रसाद शर्मा ५७ मतसहित बोगटीको पछिपछि छन् । माछा चुनाव चिन्ह भएका उम्मेदवार हिक्मत कुँवर ३० भोटसहित अन्तिम स्थानमा छन् । 

यता, समाजवादीका उम्मेदवार मेटमणि चौधरीले दाङ्ग निर्वाचन क्षेत्र नम्बर १ मा जीत हासिल गर्ने प्रबल सम्भावना देखिएको छ । 

बारा निर्वाचन क्षेत्र नम्बर ४ मा कृष्णकुमार श्रेष्ठ (किसान), रौतहट क्षेत्र नम्बर १ मा माधवकुमार नेपाल, मकवानपुर क्षेत्र नम्बर २ मा विरोध खतिवडाले अग्रता लिँदै छन् । मकवानपुरमा शहरी क्षेत्र र कुलेखानीको मत एमाले र मनहरीको काङ्ग्रेस मत घण्टीतिर गए पनि माओवादी पकडको दामन,टिस्टुङ्ग,पालुङ्गतिर मत गन्न बाँकी नै छ ।

त्यस्तै,डोटी निर्वाचन क्षेत्र नम्बर १ मा प्रेम आलेको अग्रता कायम छ । धादिङ निर्वाचन क्षेत्र नम्बर १ मा राजेन्द्र पाण्डे एमाले उम्मेदवार भूमि त्रिपाठीभन्दा अगाडि देखिएका छन् । 

डोल्पामा धनबहादुर बुढा र सल्यानमा प्रकाश ज्वालाको जीत निश्चित भइसकेको बताइन्छ ।

टिप्पणीहरू