घनश्याम भुसाल र बिष्णु पौडेलको अवस्था कस्तो छ ?

घनश्याम भुसाल र बिष्णु पौडेलको अवस्था कस्तो छ ?

रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर १ मा एमालेका छविलाल विश्वकर्मा र एमाले परित्याग गरेका घनश्याम भुसालबीच कडा टक्कर देखिएको छ । भुसालको पकेट क्षेत्रको मत गणना गर्न बाँकी रहेकाले उनी विजयी हुने सम्भावना रहेको मतगणनामा सरिक कर्मचारीहरुको भनाइ छ । 

भर्खरै प्राप्त समाचारअनुसार विश्वकर्माको १७ सय ३८ र घनश्यामको १४ सय २ मत प्राप्त भएको छ । रेशम चौधरीको उन्मुक्ति पार्टीका उम्मेदवारले १५ सय मत कटाएको देखिन्छ ।

रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ मा एमाले उपाध्यक्ष विष्णु पौडेलले प्राप्त गरेको मतान्तरले पनि राम्रो अवस्थाको संकेत नगरेको बताइन्छ । एकीकृत समाजवादी र काँग्रेसका स्वतन्त्र उम्मेदवारको उम्मेदवारी रध्द भएकाले अहिले घण्टी अगाडि आएको हो । अन्यथा, उम्मेदवारी खारेज गरिएका नेकपा एकीकृत समाजवादीका राजु गुरुङ विजयी हुने अहिलेको अवस्थाले प्रष्ट पारेको बताइन्छ ।

पछिल्लो विवरणअनुसार घण्टी चिन्ह लिएका उम्मेदवार गणेश पौडेललाई ३३ सय १९ र एमाले उपाध्यक्ष विष्णु पौडेललाई २८ सय ९१ मत प्राप्त भएको छ ।

टिप्पणीहरू