मतपत्रमा हस्ताक्षर नभेटिएपछि रोकियो मतगणना

मतपत्रमा हस्ताक्षर नभेटिएपछि रोकियो मतगणना

म्याग्दीमा जारी मतगणना स्थगित भएको छ । मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभेटिएपछि मतगणना रोक्नुपरेको हो ।  एउटै वडाको एक सय चार वटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएपछि विवाद उत्पन्न भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

विवाद चकिर्दै गएपछि मतगणना रोकिएको कार्यालयले जानकारी गराएको छ । म्याग्दीमा एक प्रतिनिधि सभा र दुई प्रदेश सभा निर्वाचन क्षेत्र छ ।  यस क्षेत्रमा हालसम्म सत्ता गठबन्धनका उम्मेदवारले अग्रता लिने क्रममा नेपाली कांग्रेसतर्फका उम्मेदवार खम्बिर गर्बुजाले पाँच हजार ३७० मत पाएका छन् । 

यता, नेकपा एमालेका हरिकृष्ण श्रेष्ठ चार हजार ६४९ मतसहित गर्बुजालाई पछ्याइरहेका छन् ।

टिप्पणीहरू