सर्लाही २ मा हँसिया हथौडा लिएका महिन्द्र अगाडि

सर्लाही २ मा हँसिया हथौडा लिएका महिन्द्र अगाडि

सर्लाही निर्वाचन क्षेत्र नम्बर २ प्रतिनिधि सभा सदस्यतर्फ महिन्द्रराय यादवले अग्रता लिएका छन् ।  सत्ता गठबन्धनबाट मित्रवत् प्रतिस्पर्धा गरिरहेका महिन्द्रले अग्रता कायम राखेका छन् । 

डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका नेता एवम् पूर्वमन्त्री महिन्द्रले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवार राजेन्द्र महतोलाई पछि पारेका छन् । हालसम्मको मतपरिणामअनुसार महिन्द्रले एक हजार ८२५ मत प्राप्त गरेका छन् । त्यस्तै, राजेन्द्रले एक हजार ३३१ मत ल्याएका छन् । 

तेस्रो स्थानमा नेकपा एमालेका राजनारायण साह छन् । उनले ८८६ मत पाएका छन् ।

टिप्पणीहरू