काँग्रेस ४२, एमाले ३८ र माओवादी १४ स्थानमा अगाडि, समानुपातिकमा माओवादी पछाडि

काँग्रेस ४२, एमाले ३८ र माओवादी १४ स्थानमा अगाडि, समानुपातिकमा माओवादी पछाडि

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको मतगणना जारी छ । हालसम्म १३५ स्थानको मतगणना जारी रहेको निर्वाचन आयोगले जनाएको छ । मतगणनाको पछिल्लो परिमाणअनुसार नेपाली काँग्रेस ४२ स्थानले अग्रता कायम राखेको छ । नेकपा एमाले ३८, नेकपा माओवादी केन्द्र १४, राष्ट्रिय स्वतन्त्र पार्टी ११, राष्ट्रिय प्रजातन्त्र पार्टी पाँच स्थानमा अगाडि छन् । 

अन्य दल तथा उम्मेदवार पनि २२ स्थानमा अग्रस्थानमा देखिएका छन् ।  समानुपातिकतर्फको मतगणनामा एमाले अगाडि देखिएको छ । हालसम्म एमालेले ७६ हजार ३२३, काँग्रेसले ६५ हजार ५९२, राष्ट्रिय स्वतन्त्र पार्टीले ३३ हजार ३३७, माओवादी केन्द्रले २९ हजार ६५१ र राष्ट्रिय प्रजातन्त्र पार्टीले १९ हजार ४४ मत प्राप्त गरेका छन् ।

जनता समाजवादी पार्टीले पाँच हजार ८३३, जनमत पार्टीले पाँच हजार ४५५, नेपाल मजदुर किसान पार्टीले चार हजार ४३८, नागरिक उन्मुक्ति पार्टीले तीन हजार ५३८, नेकपा एकीकृत समाजवादीले तीन हजार ४६० मत प्राप्त गरेको बताइएको छ ।
 

टिप्पणीहरू