झापा ५ मा एमाले अध्यक्षको अग्रता कायमै

झापा ५ मा एमाले अध्यक्षको अग्रता कायमै

झापा निर्वाचन क्षेत्र नम्बर ५ को चुनावी प्रतिस्पर्धामा एमाले अध्यक्ष केपी शर्मा ओलीको अग्रता फराकिलो बन्दै गएको छ । नेकपा एमाले र नेपाली काँग्रेसका उम्मेदवारको बीचको मतान्तर आधा बढी देखिएको छ ।

एमाले उम्मेदवार ओली १३ हजार २७८ मतसहित अग्रस्थानमा हुनुहुन्छ । काँग्रेसका खगेन्द्र अधिकारीलाई ७ हजार ७०५ मत प्राप्त भएको छ ।  राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार तेस्रो स्थानमा छन् । घण्टी चिन्ह लिएका सुरेशकुमार पोखरेलले दुई हजार ३२८ मत पाएका छन् ।

टिप्पणीहरू