राप्रपाकी रेखा थापा तेस्रो स्थानमा

राप्रपाकी रेखा थापा तेस्रो स्थानमा

मोरङ निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की उम्मेदवार रहेकी रेखा थापा तेस्रो स्थानमा पुगेकी छन् । सो क्षेत्रमा नेपाली काँग्रेसका उम्मेदवार सुनिलकुमार शर्माले अग्रता लिएका छन् ।

उनी नेकपा एमालेका भानुभक्त ढकालभन्दा दोब्बर मतले अगाडि छन् । पछिल्लो मतपरिणामअनुसार शर्माले तीन हजार १३२ मत प्राप्त गरेका छन् । ढकालले एक हजार ५५३ मतसहित उनलाई पछ्याइरहेका छन् । तेस्रो स्थानमा रहेकी थापाले जम्मा ९०६ मत पाएकी छन् ।

टिप्पणीहरू