काठमाडौं ५ मा आधा मत गनियो, ईश्वर पोखरेल २८ सय मतले पछाडि

काठमाडौं ५ मा आधा मत गनियो, ईश्वर पोखरेल २८ सय मतले पछाडि

काठमाडौं ५ मा हालसम्म २८ हजार ७३ मतगणना भएको छ । सो क्षेत्रमा ७० हजार नौ सय १९ मतदाता रहेकोमा ४५ हजार नौ सय ९७ मत खसेको छ ।

नेपाली काँग्रेसका उम्मेदवार प्रदीप पौडेलले पोखरेलले भन्दा २८ सय २६ मतले अग्रता लिएको छन् । पौडेलले नौ हजार एक सय ९६ र पोखरेलले छ हजार तीन सय ७० मत पाएका छन् । 

अब १७ हजार मत गन्न बाँकी छ ।

टिप्पणीहरू