कृष्णगोपाल श्रेष्ठको जुलुसमा ‘बल्ल पर्यो गठबन्धन, माकुरी जालैमा’ गीत गाइयो

कृष्णगोपाल श्रेष्ठको जुलुसमा ‘बल्ल पर्यो गठबन्धन, माकुरी जालैमा’ गीत गाइयो

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ९ मा एमाले उम्मेदवार कृष्णगोपाल श्रेष्ठ विजयी भएका छन् । उनले ११ हजार ९५६ मत ल्याएका छन् ।
 

श्रेष्ठका निकटतम प्रतिद्वन्दी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले १० हजार ९०९ मत प्राप्त गरेका छन् । श्रेष्ठ विजयी भएको घोषणासँगै एमाले कार्यकर्ताले जुलुस निकालेका छन् ।

उनीहरुले ‘आयो आयो सूर्य आयो’ भन्दै नारा लगाएका हुन् । बाजागाजासहित निकालिएको जुलुसमा ‘बल्ल पर्यो गठबन्धन माकुरी जालैमा’ गीत गाइएको छ ।

टिप्पणीहरू