पराजयपछि राजन भट्टराईले भने : प्रत्यक्षमा हारे पनि समानुपातिकमा एमाले अगाडि

पराजयपछि राजन भट्टराईले भने : प्रत्यक्षमा हारे पनि समानुपातिकमा एमाले अगाडि

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ मा पराजित एमाले उम्मेदवार राजन भट्टराइले आफ्नो क्षेत्रबाट एमाले प्रतिनिधि सभा सदस्यमा विजयी हुन नसके पनि देशका अन्य ठाउँमा विजय हासिल गरिरहेको बताएका छन् । उनले समानुपातिक मतमा आफ्नो पार्टी यस पटक पनि सर्वाधिक अग्रस्थानमा रहेको बताएका छन् । 

काँग्रेसका गगन थापासँग फराकिलो अन्तरमा पराजित भएपछि एमाले स्थायी कमिटी सदस्य भट्ट्राईले विभिन्न शक्तिकेन्द्रले एमालेविरोधी गठबन्धन गरेकाले एमालेको पराजय भएको उल्लेख गरेका छन् । आज जारी वक्तव्यमा उनले विजयी उम्मेदवार गगन थापालाई बधाई दिएका छन् ।

वक्तव्यमा लेखिएको छ, ‘संसदीय निर्वाचनको तत्कालको जय–पराजयले व्यक्ति र पार्टीको तत्कालको अंक गणितमा फरक परे पनि राजनीतिको अथक, लामो र निरन्तरको यात्रामा यस्ता कुराले तात्विक प्रभाव पार्दैन ।’

टिप्पणीहरू