ललितपुरबाट प्रदेश सभामा पनि एमाले विजयी

ललितपुरबाट प्रदेश सभामा पनि एमाले विजयी

ललितपुरको निर्वाचन क्षेत्र नम्बर २ (क) बाट रामेश्वर श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठ नेकपा एमालेका उम्मेदवार हुन् । 

राष्ट्रिय प्रजातन्त्र पार्टीका धनराम केसीलाई १४ सय ४८ मतले हराउँदै श्रेष्ठ निर्वाचित भएको बताइएको छ । श्रेष्ठले ८२ सय ९८ मत पाएका छन् । 

केसीले ६८ सय ५० र नेपाली कांग्रेसकी रिसा श्रेष्ठले ५९ सय ७३ मत पाएको बताइएको छ ।

यसअघि प्रतिनिधि सभामा ललितपुर १ बाट एमालेका प्रेम महर्जन हिजो राति विजयी भएका छन् ।
 

टिप्पणीहरू