तोसिमाका कार्यकर्ता उग्र हुँदै जावलाखेलमा जम्मा

तोसिमाका कार्यकर्ता उग्र हुँदै जावलाखेलमा जम्मा

ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवार रहेकी तोसिमा कार्कीका समर्थकहरुले मत परिणामको घोषणा ढिलो भएको आरोप लगाउँदै मुख्य निर्वाचन अधिकृतको कार्यालय बाहिर भेला भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार कार्कीका समर्थकहरुले मतपरिणामको घोषणा तथा सार्वजनिकीकरणमा अनावश्यक ढिलाई गरिएको आरोप लगाएका छन् ।

उनीहरु जावलाखेलको दामोदरमार्गमा रहेको ललितपुर ३ को मुख्य निर्वाचन अधिकृतको कार्यालय बाहिर नाराबाजीका लागि भेला भएको बताइन्छ ।  केही समयअघि उक्त समूहले मतगणनास्थलभित्र रहेका एजेन्टहरुलाई बाहिर बोलाएर वास्तविक मत परिणामको जानकारी लिएपछि शान्त भएका हुन् । उनीहरुले तोसिमाको फेसबुक र विभिन्न अनलाइनमा लेखिएका समाचार अपडेट गलत भएको उल्लेख गरेका छन् ।

जनदबाब बढेपछि मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेल, सहायक मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद पाण्डेले डेढदेखि २ घण्टामा मत परिणाम सुनाइने प्रतिबद्धता जनाएको बताइएको छ ।

टिप्पणीहरू