रुपन्देहीमा गृहमन्त्री पछाडि

रुपन्देहीमा गृहमन्त्री पछाडि

रुपन्देही क्षेत्र नम्बर ३ मा गृहमन्त्री बालकृष्ण खाँणलाई पछाडि पार्दै दिपक बोहराको अग्रता कायम रहेको छ । १४ हजार सात सय ५५ मत गणना हुँदा बोहराले पाँच हजार ६ सय ५७ मत ल्याएका छन् ।

उनका निकटम प्रतिस्पर्धी एवम् गृहमन्त्री बालकृष्ण खाँणले चार हजार नौ सय १० मत प्राप्त गरेका छन् । अहिले गणना भइरहेको क्षेत्र काँग्रेसको पकड मानिएको मायादेवी ७ र ८, तिलोत्तमा १४, ओमसतिया २ मा पनि बोहराले अग्रता कायम गरेको बताइन्छ । 

यसैगरि सियारी १ को पनि मतगणना सकिएको छ । मायादेवी ७ र ८ मा ४५ सय ३० मत खसेकोमा खाँणको पक्षमा १९ सय ४१ र हलोलाई १४ सय ३६ मत प्राप्त भएको छ ।

यता तिलत्तोमा १४ मा ४६ सय १० मतमध्ये रुखमा १४ सय ८३ र हलोमा १९ सय ३४ मत परेको छ । ओमसतिया २ र सियारी १ मा मतगणना सम्पन्न हुँदा रुखलाई १४ सय ८६ र हलोमा २२ सय ८६ मत प्राप्त भएको बताइन्छ ।

पछिल्लो मतपरिणामअनुसार बोहरा ७४७ मतले खाँणभन्दा अगाडि देखिन्छन् । हालसम्म एक हजार १४ मत बदर भएको जनाइएको छ ।

टिप्पणीहरू