ललितपुर १ मा एमाले उम्मेदवार १५ सय मतले पछाडि

ललितपुर १ मा एमाले उम्मेदवार १५ सय मतले पछाडि

ललितपुर निर्वाचन क्षेत्र नम्बर १ बाट उठेका एमाले उम्मेदवार नवराज सिलवाल झण्डै १५ सय मतले पछाडि परेका छन् । ३३ हजार ४५७ मत गणना भइसक्दा काँग्रेसका उदय समशेर राणाले १५ हजार ५८९ मत प्राप्त गरेका छन् । 

पछिल्लो परिणामअनुसार सो क्षेत्रबाट घण्टी चिन्हमा दुई हजार १२४, हलोमा एक हजार १९० मत गएको छ । 

हालसम्म ११८२ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
 

टिप्पणीहरू