धादिङ १ मा राजेन्द्र पाण्डेको अग्रता कायम

धादिङ १ मा राजेन्द्र पाण्डेको अग्रता कायम

धादिङको निर्वाचन क्षेत्र नम्बर १ मा भइरहेको मतगणनामा नेकपा एकीकृत समाजवादी र नेकपा एमालेका उम्मेदवारबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । १६ हजार ६६९ मतणना भइसक्दा नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजेन्द्रप्रसाद पाण्डेले ७ हजार ३९ मत प्राप्त गरेका छन् । 

अर्का प्रतिस्पर्धी एमालेका भूमि त्रिपाठीले ६ हजार ७७९ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।प्राप्त पछिल्लो परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्तले २ हजार १२० र अन्य साना दलले २१३ मत पाएका छन् । १६ हजार मत गणना हुँदा ५१८ मत बदर भएको छ ।

टिप्पणीहरू