मन्त्रीभन्दा आईजीपी दोब्बर मतले अगाडि

मन्त्रीभन्दा आईजीपी दोब्बर मतले अगाडि

नवलपरासीको निर्वाचन क्षेत्र नम्बर २ मा पूर्व गृहराज्यमन्त्री र पूर्व प्रहरी महानिरीक्षकबीच चुनावी प्रतिस्पर्धा भएको छ । प्राप्त पछिल्लो मत परिणामअनुसार नेपाली काँग्रेसका नेता तथा उम्मेदवार देवेन्द्रराज कँडेल प्रतिस्पर्धी उम्मेदवारभन्दा चार हजार मतले पछाडि परेका छन् ।

पूर्व प्रहरी महानिरीक्षक धु्रवबहादुर प्रधानले ६ हजार ८९६ मतसहित अग्रता लिएका छन् । कँडेलले २ हजार ८६४ मत पाएको बताइएको छ । सोही क्षेत्रबाट एमालेका दीपेन्द्र अधिकारीले १ हजार ५२२ मत ल्याएका छन् ।

टिप्पणीहरू