रुकुम पूर्वमा माओवादीका घर्ती र स्वतन्त्र उम्मेदवार पुनको अग्रता

रुकुम पूर्वमा माओवादीका घर्ती र स्वतन्त्र उम्मेदवार पुनको अग्रता

रुकुम पूर्वमा प्रतिनिधिसभा सदस्यमा पूर्ण घर्तीमगर र प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ मा सुरल पुनको अग्रता कायम छ । 

प्रतिनिधि सभातर्फ सात हजार ८२० मतगणना हुँदा माओवादी केन्द्रका उम्मेदवार घर्तीले चार हजार ६७५ मत प्राप्त गरेका छन् । नेकपा एमालेका कैलाशकुमार मल्लले एक हजार ९४५ मत ल्याएका छन् भने स्वतन्त्र उम्मेदवार चन्द्रराज झाँक्रीले ३४६ मत प्राप्त गरेको बताइएको छ ।

त्यसैगरी राप्रपाका खिमबहादुर खत्रीले ५३, मंगोल नेसनल अर्गनाईजेसनका रतनबहादुर बुढाले ३०४ र नेपलिज पिपुल्स पार्टीका बलबहादुर बुढाले २२६ मत प्राप्त गरेका छन् । 

प्रदेश सभा १ तर्फको मतगणनामा स्वतन्त्र उम्मेदवार सुरल पुनको सुरुदेखिकै अग्रता कायम छ । प्रदेशतर्फको सात हजार ८४८ मत गणना हुँदा सुरलले तीन हजार ३२४ ल्याएका छन् भने माओवादी केन्द्रका तेजबहादुर ओलीले तीन हजार दुई मत प्राप्त गरेका छन् ।

स्वतन्त्र तर्फका अर्का उम्मेदवार ध्रुवकुमार पुनले ८५९, एमालेका तेजेन्द्र बुढाले ३०४ र मंगोल नेसनल अर्गनाईजेसनका पुरा पुनले ५५ मत ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

 

टिप्पणीहरू