काठमाडौं २ मा घण्टीको २३ सयको अग्रता, ओनसरी पुछारमा

काठमाडौं २ मा घण्टीको २३ सयको अग्रता, ओनसरी पुछारमा

काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता फराकिलो भएको छ । घण्टी चिन्हले हालसम्म ९ हजार ६३७ मत प्राप्त गरेको छ । उक्त पार्टीको तर्फबाट सोबिता गौतम उम्मेदवार छन् । 
 

निकटतम प्रनिस्पर्धीको रुपमा नेपाल कम्युनिष्ट पार्टी एमालेका मणिराम फुयाँले ७ हजार ३८७ र राप्रपाका उम्मेदवारले ६ हजार ७६९ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सो क्षेत्रबाट माओवादीकी ओनसरी घर्ती सत्ता गठबन्धनकी उम्मेदवार हुन् ।

टिप्पणीहरू