जनार्दन शर्माको शुरुआती अग्रता, फराकिलो मतान्तर

जनार्दन शर्माको शुरुआती अग्रता, फराकिलो मतान्तर

रुकुम पश्चिमबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेका माओवादी केन्द्रका नेता जनार्दन शर्माले शुरुदेखि नै फराकिलो अग्रता बनाएका छन् । आज साँझसम्म १ हजार ५९३ मत गणना हुँदा शर्माले ८५७ मत प्राप्त गरेका छन् । नेकपा एमालेका नन्दराम देवकोटाले ४८९ प्राप्त गरेका छन् भन स्वतन्त्र उम्मेदवार तारक केसीको ७९ मत छ । 

त्यसैगरी राप्रपाका दिपक मल्लले ७६, मंगोल नेसनल अर्गनाईनेसनका हरिबहादुर पुनले २ र अर्का स्वतन्त्र उम्मेदवार राजन पाण्डेले ४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

प्रदेश सभा निर्वाचन क्षेत्र १ मा नेकपा माओवादी केन्द्रका महेन्द्र केसीको अग्रता छ । । केसीले ३५५, नेकपा एमालेका नारायणकुमार शाहले १९८ र राप्रपाका विनोद कुमार शाहले १६० मत प्राप्त गरेका छन् ।प्रदेश सभा निर्वाचन २ मा नेकपा माओवादी केन्द्रका राजकुमार शर्माले ४९९, नेकपा एमालेका कर्णबहादुर घर्तीमगरले ३०१ र राप्रपाका निर्जल केसीले २० मत ल्याएका छन् ।

टिप्पणीहरू