रसुवामा ५ हजार मत गन्न बाँकी, एमाले उम्मेदवार ८ हजारले पछाडि

रसुवामा ५ हजार मत गन्न बाँकी, एमाले उम्मेदवार ८ हजारले पछाडि

मतगणना नसकिँदै रसुवामा नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहन आचार्यको जीत सुनिश्चित देखिएको छ । करिब ५ हजार मत गन्न बाँकी रहँदा नेकपा एमालेका छोवाङ तेन्जिन तामाङलेभन्दा आचार्यले ८ हजार ८४ मत बढी ल्याइसकेका छन् ।

पछिल्लो मत परिणामअनुसार आचार्यले १५ हजार ४३९ मत प्राप्त गरेका छन् । तामाङले ७ हजार ३५५ ल्याएका छन् ।  २८ हजार ३०५ मत खसेको रसुवामा हालसम्म २३ हजार ९२७ मत गणना भइसकेको बताइन्छ ।

टिप्पणीहरू