काठमाडौं ३ मा काँग्रेस अगाडि, एमाले पछाडि

काठमाडौं ३ मा काँग्रेस अगाडि, एमाले पछाडि

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ का नेपाली काँग्रेसका उम्मेदवार झण्डै दुई हजार मतले अग्रता लिएका छन् । काँग्रेसका सन्तोष चालिसेले ११ हजार ९८९ मत प्राप्त गरेका छन् । 

उनलाई पछ्याउँदै एमालेका कृष्णकुमार राईले ९ हजार ८३ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सोही क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका दुर्गा विक्रम थापाले ४ हजार ५८७ मत पाएका छन । 

त्यसैगरी राप्रपाका गणेश गिरीले १ हजार ९ सया ४३ र माओवादी केन्द्रका बद्रिप्रसाद बजगाईंले ४१४ मत पाएको जानकारी दिइएको छ । लौरो चिन्हले ४७० ल्याएको छ ।

टिप्पणीहरू