चुनाव हेर्न आएका विदेशी पाहुना सबै घर फिर्ता

चुनाव हेर्न आएका विदेशी पाहुना सबै घर फिर्ता

आइतवार सम्पन्न आमनिर्वाचन अवलोकन गर्न आएका विदेशी पाहुनाहरु स्वदेश फिर्ता भएका छन् । हिजो सबैभन्दा धेरै विदेशी अतिथिहरु काठमाडौंबाट प्रस्थान गरेको बताइएको छ ।

विमान बंगलादेशको उडान नम्बर बीजी ३७२ बाट बंगलादेशका प्रमुख निर्वाचन आयुक्त काजी हबिबुल हुमअवाल दिउँसो पौने १ बजे ढाकातर्फ जानुभएको थियो ।

त्यसैगरी कोरियाली प्रतिनिधिमण्डल पनि हिजै फर्केको छ । कोरियाका मुख्य निर्वाचन आयुक्त कांग सेओङ बाएको नेतृत्वमा आएको तीन सदस्यीय टोली क्वालालम्पुर हुँदै स्वदेश फर्केको हो । 
काठमाडौंबाट मलेसियन एअरलाइन्सको उडान नम्बर एमएच ०७१ बाट दिउँसो साढे ३ बजे टोली सिओलतर्फ गएको हो ।

भारतीय प्रमुख निर्वाचन आयुक्त राजीवकुमार श्रीमती र अन्य सदस्यसहित हिजो अपरान्ह इण्डिगो एअरलाइन्सको उडानमा नयाँ दिल्ली गएका छन् । ५ बजे इण्डिगो एअरको उडान नम्बर ६इ ०३४ बाट भारतीय पाहुना टोली स्वदेश फर्केको निर्वाचन आयोग स्रोतले जनाएको  छ ।

टिप्पणीहरू