गोरखाबाट प्रदेश सभामा सबै गठबन्धनका उम्मेदवार निर्वाचित

गोरखाबाट प्रदेश सभामा सबै गठबन्धनका उम्मेदवार निर्वाचित

गोरखाबाट प्रदेश सभा निर्वाचनमा सबै गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । जिल्लाको चारवटै प्रदेश सभा निर्वाचन क्षेत्रमा गठबन्धनका उम्मेदवार विजयी भएका हुन् ।  गोरखा निर्वाचन क्षेत्र नम्बर १ (क) मा नेकपा माओवादी केन्द्रका कृष्ण धिताल विजयी भएका छन् । उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सुरेन्द्र थापालाई फराकिलो मतान्तरले पराजित गरेका हुन् ।

धितालले १४ हजार २७६ मत पाउँदा थापाले आठ हजार ८०२ मत प्राप्त गरेका छन् । त्यस्तै, १ (ख) मा नेपाली काँग्रेसका नन्दप्रसाद न्यौपाने निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार मोहन भट्टराईलाई हराउँदै उनले जीत हात पारेका हुन् । 

न्यौपानेले १६ हजार २६५ मत ल्याउँदा भट्टराईले सात हजार ५३३ मत पाएका छन् । गोरखा २ (क) मा माओवादीको चुनाव चिन्ह लिएर उठेका नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटाले एमालेका राजु रानालाई पराजित गरे । देवकोटाले १० हजार २४७ मत प्राप्त गरेका छन् । 

यता, रानाले जम्मा चार हजार २०४ मत पाएका छन् । २ (ख) मा एमालेका वसन्त गुरुङ्गलाई हराउँदै काँग्रेसका सुरेन्द्रराज पाण्डे विजयी भएका छन् । पाण्डेको १५ हजार २२९ मत आउँदा गुरुङ्गले चार हजार ५२९ मत मात्रै पाए ।

टिप्पणीहरू