एमाले महासचिव पोख्रेल १७ सयले तल,कोमल वली १९ सयले पछाडि

एमाले महासचिव पोख्रेल १७ सयले तल,कोमल वली १९ सयले पछाडि

दाङ निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवार रहेका एमाले महासचिव तथा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शंकर पोखरेल १७ सय मतले पछाडि परेका छन् । पछिल्लो मत परिणामअनुसार पोखरेललाई माओवादी केन्द्रकी रेखा शर्माले प्रारम्भदेखि पछाडि पारेकी हुन् । 

भर्खरै प्राप्त जानकारीअनुसार पोखरेलले १३ हजार ३५१ मत ल्याएका छन् । उनीभन्दा अगाडि रहेकी शर्माले १५ हजार ५५ मत ल्याएकी छन् ।  त्यस्तै दाङको निर्वाचन क्षेत्र नम्बर ३ मा लोक गायिका तथा पूर्व समाचारवाचिका कोमल वलीले ७ हजार ७४० मत प्राप्त गरेकी छन् । उनी एमाले उम्मेदवार हुन् । सोही क्षेत्रमा नेपाली काँग्रेसका दीपक गिरीले ९ हजार ८४० मत ल्याएर अग्रता कायम गरेका छन् ।

टिप्पणीहरू